मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ४ सोमबार o९:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनओसीका गतिविधि गैरकानुनी : खेलकुदमन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार o९:o५:oo

खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिका सबै गतिविधि गैरकानुनी रहेको जनाएको छ । खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार एनओसीको कार्यसमिति अवैधानिक रहेको र उनीहरूका गतिविधि गैरकानुनी रहेको बताएका हुन् । नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म एनओसीले गर्ने सबै काम कानुनविपरीत हुने उनको भनाइ छ । 

‘अदालत र राज्यको निर्देशनविपरीत निर्वाचन गरेको एनओसीका सबै गतिविधि गैरकानुनी हो,’ मन्त्री चौधरीले भने, ‘जबसम्म अदालत र राज्यको निर्देशनअनुसार नयाँ निर्वाचन हुँदेन, त्यसवेलासम्म वर्तमान एनओसीले मान्यता पाउनेछैन ।’ खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने उनले बताए । 

‘एनओसी अवैधानिक भए पनि खेलाडीको अन्तर्राष्ट्रिय खेलमा सहभागिता हुनेछ, यसमा मन्त्रालय र राखेपले सहजीकरणको भूमिका गर्नेछ,’ मन्त्री चौधरीले भने, ‘खेलाडीहरू निर्धक्क भएर बस्नुहोस् ।’ ओलम्पिकमा आबद्ध वैध संघका प्रतिनिधिमार्फत निर्वाचनको नयाँ प्रक्रिया अघि नबढाएसम्म कुनै गतिविधिले मान्यता नपाउने उनले बताए । दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदमा सहभागी हुन एनओसीविना नै नेपाली खेलाडी सहभागी हुने चौधरीले दाबी गरेका छन् ।