मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ४ सोमबार o८:३८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप : गण्डकी ३१ रनमै अलआउट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार o८:३८:oo

प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सबैभन्दा कम योगफलमा समेटिएको छ । सिद्धार्थनगरमा आइतबार भएको १९औँ खेलमा गण्डकी ३१ रनमै अलआउट भएको हो । प्रत्युत्तरमा कोशीले ८.२ ओभरमा एक विकेट गुमाएर प्रतियोगितामा पहिलो जित निकाल्यो । गण्डकीलाई सस्तैमा समेट्न कोशीका विपिन महतोले १७ रन दिएर ६ विकेट लिए । पाँच खेलमा चार हार र एक जित निकालेको कोशी सातौँ स्थानमा उक्लेको छ । हारसँगै गण्डकी २ अंकका साथ छैटौँ स्थानमा छ । 

गण्डकीको फितलो ब्याटिङ
प्रतिस्पर्धामा गण्डकीका कुनै पनि खेलाडीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सकेनन् । टोलीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । चार खेलाडी डकआउट भएका थिए । इनिङ्सको २.४, ओभर, २.६ ओभर, ३.२ ओभर र ३.३ ओभरमा गण्डकीले चार विकेट गुमाएको हो । गण्डकीले यी चारै विकेट १४ रनको योगफलमा गुमाएको हो । 

गण्डकीको कमजोर ब्याटिङ प्रदर्शनमा सुजन गौतमले सर्वाधिक ४७ बल सामना गरी ६ रन बटुलेका थिए । ओपनर अर्जुन कुमालले ८ बलमा दुई चौका प्रहार गरी ९ रन जोडे । कप्तान विपिन खत्रीले १४ बलमा १ रन बनाए । गण्डकीले सबै विकेट २०.४ ओभरमा गुमायो । बलिङमा विपिनले आठ ओभरमा तीन मेडन राखेका थिए । यसैगरी दीपेश कँडेलले २.४ ओभरमा एक मेडन र एक रन दिएर एक विकेट लिए । 

२५० बलअगाडि कोशीको जित
३२ रनको लक्ष्य पछ्याएको कोशीले आवश्यक रन ८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । कोशीले २५० बलअगाडि नै जित निकालेको हो । कोशीका लागि चिराग साहले २२ बलमा १० रन बनाउन एक चौका प्रहार गरे । सकिब हकले २२ बलमा १६ रन बनाउन एक चौका लगाए । सोनु अन्सारीले ६ बलमा ४ रन बनाए । गण्डकीका लागि एक मात्र विकेट सुवास भण्डारीले लिए । उनले १.२ ओभरमा ५ रन खर्चेका थिए । उनले आफ्नो स्पेलमा एक मेडन फ्याँकेका थिए । 

एपिएफ तेस्रो स्थानमा उक्लियो
सिद्धार्थनगरमै भएको दिनको पहिलो खेलमा एपिएफले कर्णालीलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १८९ रन जोडेको थियो । प्रत्युत्तरमा एपिएफले ३९.२ ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन जोड्यो । जितसँगै एपिएफ ६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । एपिएफको जितमा दीपक बोहराले ६७ बलमा आठ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ७० रनको योगदान दिए । सुमित महर्जनले ५३ बलमा ३४ रन बनाउन चार चौका र एक छक्का प्रहार गरे । दीपक र सुमितबिच छैटौँ विकेटका लागि १०९ बलमा १०७ रनको साझेदारी भएको थियो ।