मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Wednesday, 12 March, 2025
लालझाडी सडक छेउमा मृत फेला परेको हात्ती 
मोहन विष्ट कञ्चनपुर
२o८१ फाल्गुण ७ बुधबार o८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लालझाडीमा जंगली हात्ती मृत फेला

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o८:२६:oo

कञ्चनपुरको लालझाडीमा जंगली हात्ती मृत फेला परेको छ । बुधबार बिहान ७ बजेतिर लालझाडी गाँउपालिका-४ जाई गाँउ सडक किनारमा हात्ती मृत फेला परेको हो । बृद्ध हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरी, वनका कर्मचारीलाई खबर गरेका थिए । 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी चौधरीले जंगली हात्ती मृत फेला परेको बताए । उनले हात्तीको मृत्युको कारण बुझ्नका लागि प्राविधिक टोली सहित घटनास्थल जान लागेको बताए ।

गत असोजदेखि जंगली हात्तीले लालझाडी क्षेत्रमा मानिसदेखि भौतिक संरचना र अन्नबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित भएका थिए । आज बिहानै  यस क्षेत्रमा जंगली हात्ती मृत फेला परेपछि स्थानीय झन् त्रसित भएका छन् ।