मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Wednesday, 12 March, 2025
एजेन्सी नयाँ दिल्ली
२o८१ फाल्गुण ४ आइतबार १२:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार १२:४४:oo

भारतको राजधानी नयाँदिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबिच रेल चढ्ने क्रममा भागदौड भएको हो ।

उत्तरी सहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दसाैँ लाख हिन्दु धर्मावलम्बीहरूलाई  आकर्षित गर्दछ । फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भिडले संघर्ष गरिरहेका वेला नयाँदिल्लीको रेल स्टेसनमा भागदौड भएको हो ।
 
घटनामा अन्य ११ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको अवस्था स्थिर रहेको र हाडजोर्नीमा चोट लागेको नयाँदिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले एएफपीसँग बताइन् ।