मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २ शुक्रबार १४:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलवायुजन्य चुनौती सामना गर्न तयार हुनुपर्छ : मन्त्री ठकुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार १४:२१:oo

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल पर्वतीय देश भएको हिसाबले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारिरहेकाले जलवायुजन्य चुनौती सामना गर्न तयार हुनुपर्नेमा जोड दिएका छन् । 

आज एस स्किम्स कलेज, पोखरा विश्वविद्यालयमा स्थापित नेपाल क्लाइमेट इनिसिएटिभद्वारा आयोजित ‘पुस्तक विमोचन एवं जलवायु वित्तका लागि जलवायु विज्ञानको अपरिहार्यता’ विषयक कार्यशालामा उनले जलवायुले निम्त्याउन सक्ने असरको समाधान गर्न तयार हुनुपर्नेमा जोड  दिएका हुन् । 

‘नेपाल आफैँमा विकासोन्मुख देश र पर्वतीय देश भएका हिसाबले जलवायु परिवर्तनका असरहरूले अप्ठ्यारो पारिरहेकाबारे सबैमा सर्वविदितै छ, हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदा पनि जलवायुजन्य असरका कारण पीडा भने बढी भोगिरहेको अवस्था छ,’ मन्त्री शाहीले भने, ‘जलवायु न्याय आज हामीजस्तो देशको टड्कारो आवश्यकता हो, उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरूले गरेका जलवायु न्यायका प्रतिबद्धता अक्षरशः पालना गरेको खण्डमा सम्पूर्ण विश्व समुदायले जलवायु परिवर्तनका असरसँग अनुकूलित हुँदै र न्यूनीकरण गर्दै जलवायु मैत्री विकासतर्फ जान सजिलो हुने अवस्था आउन सक्छ ।’

उनले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषमा जे–जति रकम भए पनि, नेपालले यसबाट लाभ लिन नेपालले आफ्नै क्षमता अभिवृद्धि गर्न जरुरी रहेकामा जोड दिएका छन् । ‘जलवायु वित्तमार्फत आउने सहयोग प्रतिस्पर्धात्मक हुने भएकाले यसका लागि सबै क्षेत्र तथा निकायको सहयोगमा हाम्रा परियोजना सबै हिसाबमा सशक्त हुन जरुरी छ,’ उनले भने ।  

 यसका लागि जलवायु विज्ञान अर्थात् हाम्रा परियोजनामा जलवायु परिवर्तनको विश्लेषण सबैभन्दा महत्त्वपूर्ण हुने मन्त्री शाहीको भनाइ छ । ‘जलवायु वित्त प्राप्त गर्न, हामीले कुनै पनि अवस्थामा जलवायु परिवर्तनको वैज्ञानिक पुस्ट्याइँ गर्नुपर्ने हुन्छ, डाटाहरूलाई वैज्ञानिकता दिनुपर्ने हुन्छ, जलवायुजन्य विपतलाई जलवायु सिर्जित हो भनेर पुष्टि गर्ने वैज्ञानिक आधार पेस गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आज हामीसँग यी प्राविधिक विषयमा केही जानकारी भए पनि, त्यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित परियोजना जोड्नेबारेमा अझ धेरै काम गर्नुपर्ने देखिन्छ ।’