![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pakraw12022-08-27-08-41-18.2024-06-27-10-50-22.jpeg)
कपिलवस्तुको वाणगंगा नगरपालिका– १० गोगापुरमा लंगुरबुर्जा (खोरखोरे) खेल्दै गरेका १२ जना व्यक्ति नगदसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराले गोप्य सूचनाको आधारमा विशेष अप्रेसन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूबाट तीन लाख १५ हजार १८० रुपैयाँ नगदसहित नाैवटा लंगुरबुर्जा बरामद गरिएको छ।
लंगुरबुर्जा खेल भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक लोकेन्द्र जिसीको नेतृत्वमा सातजनाको प्रहरी टोली परिचालित गरिएको थियो । टोलीले वाणगंगा १०, गोगापुरस्थित शिव थारूको घरको आँगनमा लंगुरबुर्जा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्तिहरू कपिलवस्तु र रुपन्देहीका रहेका छन् ।