![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/aajaa2025-02-12-10-30-52.jpeg)
सन् १५५४ : इंग्ल्यान्डमा नौ दिन रानी बनेकी लेडी जेन ग्रेलाई नाताले दिदी पर्ने मेरी प्रथमको आदेशमा १७ वर्षको उमेरमा मृत्युदण्ड दिइयो ।
सन् १८१८ : चिल्लीका विद्रोहीले ‘चाकाबुको युद्ध’को पहिलो वार्षिकोत्सवमा स्पेनबाट स्वतन्त्र भएको घोषणा गरे । तथापि, अप्रिल ५ मा गएर मात्र माईपु युद्धमा उसले वास्तविक स्वतन्त्रता पाएको थियो ।
सन् १८२५ : दबाबका बिच अमेरिकाको क्रिक आदिवासीले जर्जिया राज्यको च्याताहुची नदीको पूर्वका तिनका सबै जमिन सरकारलाई हस्तान्तरण गरेर पश्चिमतर्फ बसाइँ सर्ने सहमतिमा हस्ताक्षर गरे ।
सन् १९९८ : अमेरिकी कम्पनी इन्टेलले उसको पहिलो ग्राफिक्स चिप्स आई ७४० सार्वजनिक गर्यो ।
सन् २००१ : ‘निअर सुमेकर’ नामक अन्तरिक्षयान ‘४३३ युरोस’ नामक क्षुद्रग्रहमा अवतरण गर्यो, जुन कुनै पनि क्षुद्रग्रहमा अवतरण गरेको पहिलो मानवनिर्मित यान हो ।
सन् २००२ : संघीय गणतन्त्र युगोस्लाभियाका पूर्वराष्ट्रपति स्लोवोदान मिलोसेभिचविरुद्ध ‘द हेग’मा चलिरहेको युद्ध अवराधसम्बन्धी सुनुवाइमा मुद्दा सुरु भयो । मुद्दाको टुंगो नलाग्दै उनी चार वर्षपछि बितेर गए ।
सन् २०१६ : फिजी पेरिसमा १९५ देशले सहमति जनाएको ‘संयुक्त राष्ट्रसंघीय जलवायु सम्झौता’ संसद्बाट अनुमोदन गर्ने पहिलो मुलुक बन्यो ।
सन् २०१६ : पोप फ्रान्सिस र प्याट्रिच किरिलबिच हवानामा भेटवार्ता भयो । यो भेट क्याथोलिक चर्च र रुसी अर्थोडक्स चर्चका प्रमुखबिच झन्डै हजार वर्षपछिको भेट थियो ।
सन् २०१९ : ग्रिसको लामो विरोधपछि अन्ततः म्यासेडोनियाले आफ्नो नाम औपचारिक रूपमा बदलेर नर्दन म्यासेडोनिया बनायो ।