![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/expo2025-02-11-11-53-30.jpeg)
शुक्रबारदेखि सातौँ नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो आयोजना हुँदै छ । २ देखि ४ फाुगनसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्सो मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रूपमा गर्न लागेका हुन् ।
एक्स्पोमा नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीका प्रदर्शनी स्टल रहनेछन् । प्रदर्शनीमा कृषिकर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना–साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणको प्रदर्शनी गरिनेछ । साथै, नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोसेढुंगा साबित हुने आयोजकको विश्वास छ । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने बताइएको छ । एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।
प्रदर्शनीमा कृषिका विभिन्न विधाजस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई–भैँसीपालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिनेछ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहनेछन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना, आवश्यकता र चासोअनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाइएको पनि आयोजकले जनाएको छ ।