![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/yamnath-limbu2025-02-07-02-35-02.jpeg)
यमनाथ लिम्बू हङकङमा आयोजना भएको चौथो ट्रायल्स रेस प्रतियोगिताको च्याम्पियन बनेका छन्। उनले कुल १७८ किलोमिटरको दूरी ६० घण्टा ४९ मिनेट २८ सेकेन्डमा पूरा गरेका हुन्।
लानताउ खण्डमा रातभर वर्षा भएपछि ४५ वर्षीय लिम्बू लामो समय चट्टानमै बस्नुपरेको थियो। दोस्रो स्थानमा चीनका छि वेन फेई रहे।
यमनाथसँगै ११ धावकले निर्धारित दूरी पूरा गरे। यस प्रतियोगिता संसारमै हुने अन्य खेलभन्दा पृथक रहेको आयोजकको दाबी छ। यमनाथले सन् २०२० मा पहिलोपटक खेलेका थिए। त्यसवेला ५४ घण्टा २६ मिनेटमा दौड पूरा गरेका थिए।
सन् २०२३ मा भने उनी अचानक तापक्रम कम, शारीरिक शक्तिको कमीका कारण बिरामी हुँदा ५६ घण्टा २९ मिनेटमा दौड पूरा गरेका थिए।
नेपाली धावकको लागि हङकङको अल्ट्रा ट्रेल रेस निकै चर्चित छ। मार्च १ मा पनि गोर्खा सेमेइस्ट्रिज ट्रस्ट एन्ड आइल्ड वेलफेयरको आयोजनामा छैटौँ संस्करण हुँदै छ। यो रेसमा ३३ देशका धावकहरू सहभागी हुनेछन्।