![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/narayeni-shamaa2025-02-07-01-54-05.gif)
सांसद नारायणी शर्माले अन्तरजातीय विवाह गर्नेहरू सरकारबाटै अपहेलित भएकोमा खेद व्यक्त गरेकी छिन् । शुक्रबार संसद् बैठकमा बोल्दै शर्माले उनीहरूको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्न माग गरेकी छिन् ।
संसदमा उनले भनिन्, ‘उमेर पुगेका वयस्क नागरिकलाई आफ्नो जीवनको फैसला गर्ने अधिकार व्यक्ति स्वयंलाई हुन्छ । यो विश्वव्यापी र सार्वभौम सिद्धान्त हो । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुको सट्टा अपहेलित गर्ने समाज र सरकारप्रति खेद प्रकट गर्न चाहन्छु । उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी सरकारले गरोस् ।’
सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा राैनियारको जोडीलाई प्रहरीबाटै ज्यादती भएको भन्दै सो घटनाको छानबिनको माग संसदमा उठेको छ।