मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
२o८१ माघ २५ शुक्रबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीबाट ६०४ किलो गाँजासहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार ११:१९:oo

जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको टोलीले बिहीबार राति उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधी कालो प्लास्टिकले छोपी जलेश्वर बर्दीबास सडकखण्डस्थित भंगहा नगरपालिका– ६ मजराबाट प्रहरीले गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो । 

सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले गाँजासहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले जानकारी दिए । उनले गाँजासँगै ट्रकचालक उदयपुर कटारी नगरपालिका– १ बस्ने २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको बताए ।