मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २५ शुक्रबार o९:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलपी ग्यास उद्योग संघद्वारा विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार o९:४o:oo

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ । सरकारले संरक्षणको सट्टा उल्टै निरुत्साहित गर्ने रणनीति कायम राखेको भन्दै संघले बिहीबार पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेको हो । संघले ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकाले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । 

एलपी ग्यासको सिलिन्डरबाट हुने दुर्घटनाहरूमा निर्माता (उद्योग), उद्योगी, विक्रेता, उपभोक्ताको दायित्वबारे छुट्टाछुट्टै कानुनी व्यवस्था हुनुपर्ने माग पनि संघको छ । सिलिन्डर दुर्घटनाको अनुसन्धान तथा न्यूनीकरण गर्न प्राविधिकसहितको स्वतन्त्र अनुगमन समिति स्थायी रूपमा गठन गरिनुपर्ने पनि बताइएको छ । यसैगरी, ग्यास उद्योग मर्ज गर्ने नीति ल्याउनुपर्ने माग पनि गरिएको छ । आयात भएका ग्यासको गुणस्तरका विषयमा आयल निगम, उद्योगी, विक्रेता, उपभोक्ता अनभिज्ञ रहेकाले सात महिनाभित्र गुणस्तरीय ल्याबको स्थापना गर्नुपर्ने माग पनि राखिएको छ । 

यी माग सम्बोधन नभए ३० माघदेखि देशभरका ५९ वटै उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पिडिओ) नगर्ने संघको विज्ञप्तिमा छ ।