नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङको निर्णय लिएकी हुन्।
नेपाल पहिलो जितको खोजीमा छ। यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो।
यता थाइल्यान्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ। यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो। थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो।