मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
मेला सम्पन्न भएपछि सुरक्षार्थ खटिएको टोलीलाई विदाइ गरिँदै
२o८१ माघ २२ मंगलबार o९:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

५० करोडको कारोबार गर्दै सकियो त्रिवेणी मेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार o९:१५:oo

उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा माघ १ गतेदेखि २० गतेसम्म लागेको त्रिवेणी मेला सम्पन्न भएको छ। माघेसंक्रान्तिदेखि लागेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला झन्डै ५० करोडको कारोबार गर्दै सम्पन्न भएको हो।

मेला व्यवस्थापनको जिम्मा पाएको चण्डिका सप्लायर्स ट्रेडर्सका प्रतिनिधि ठेकेदार सन्तबहादुर तामाङले २० दिन चलेको मेलामा अनुमानित ५० करोडको कारोबार भएको बताए। उनले भने, ‘कति कारोबार भयो भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन, मोटामोटी रूपमा हिसाब गर्दा यसपटक मेलाले ५० करोडको कारोबार गरेको अनुमान छ।’

उनका अनुसार यसपटक मेलामा झन्डै २० देखि २३ लाख दर्शकले अवलोकन गरेका थिए। एक महिना लाग्ने मैनी मेलाको रूपमा परिचित त्रिवेणी मेला १० वर्षे सशस्त्र द्वन्द्वकालपछि १५ दिन लाग्दै आएको थियो। यसपटक मात्र मेला २० दिन लगाइएको हो।

कटारी नगरपालिकाले चण्डिका सप्लायर्स ट्रेडर्सलाई मेला व्यवस्थापन गर्न १५ लाख ६१ हजारमा ठेक्का दिएको थियो। मेला सकिएपछि मेलाका सुरक्षाको जिम्मा लिएर बसेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी, सशस्त्र प्रहरी बेसक्याम्प, ट्राफिक पोस्ट कटारीअन्तर्गतको ट्राफिक प्रहरीको टोलीलाई जिल्ला समन्वय समिति उदयपुरका सदस्य विष्णु कटुवाल, कटारी नगरपालिकाका लेखा अधिकृत प्रयाग बुढा, नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका सचिवालय प्रमुख स्वकीय सचिव भानु गिरीलगायतले धन्यवाद व्यक्त गर्दै बिदाइ गरेका छन्।

मेलामा यसपटक मकर नुहाउन कोशी, बागमती र मधेश प्रदेश तथा छिमेकी देश भारतबाट समेत तीर्थालुहरू त्रिवेणीधाम आइपुगेका थिए। कमला, तावा र ककरू खोलाको संगमस्थल त्रिवेणीमा मकर नुहाई भाकल गरेअनुसार पशुपक्षी बलि दिई पूजा–आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ।

मेलामा तीन सयभन्दा बढी स्टल राखिएको थियो। ओखलढुंगा, खोटाङका राढीपाखी, किवी, इलामको दारको ठेकी, आसपासका जिल्लाका फलामका सामग्री, विभिन्न जातजातिहरूको खानाका परिकारहरू, भाँडावर्तन तथा लत्ताकपडाहरूलगायत स्थानीय उत्पादनहरूको स्टल रहेको थियो।