नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढेर कारोबार भएको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँ कायम छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।