मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
२o८१ माघ २२ मंगलबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १५:२२:oo

भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ।

कार्यक्रमअन्तर्गत पौवादुङमाका ६ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक-एकवटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । वितरण गरिएको कुखुरा पालेर उनीहरूले आवश्यक रूपमा अन्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिेने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ ।

गर्भवतीले प्रत्येकपटक स्वास्थ्य संस्थामा जाँच गराएबापत एक क्यारेट अन्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताइन् । कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा– ५ सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक-एकवटा भाले र दुईवटा अन्डा दिने पोथी वितरण गरिएको छ ।