मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २२ मंगलबार १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलायती राजकुमार काठमाडौं आइपुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १५:२५:oo

बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन् ।

उनलाई परराष्ट्रसचिव अमृत राईले स्वागत गरेका छन् । त्यस्तै, मंगलबार बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आइसकेकी छन् । उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् ।

उनीहरूलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्था मिलाइएको छ । उनीहरू भोलि काठमाडौंस्थित माइती नेपालमा जाने कार्यतालिका छ । त्यस्तै, उनीहरू पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमशृंखला हेर्ने र ब्रिटिस गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ ।