मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
२o८१ माघ २२ मंगलबार १४:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

थाइल्यान्डले दियो नेपाललाई १०७ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १४:o१:oo


नेपाल महिला टी–२० त्रिदेशीय शृंखलामा थाइल्यान्डले घरेलु टिमसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।

थाइल्यान्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिरोइन्काईले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे । नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् ।


चार ओभर बलिङ गरेकी मनीषाले एक मेडन फ्याँक्दै १८ रन खर्चिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए । नेपाली टिम पहिलो जितको खोजीमा छ । नेपालले यसअघि नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार व्यहोरेको थियो । थाइल्यान्ड भने प्रतियोगितामा अपराजित छ ।