मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २२ मंगलबार १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बैंककबाट आएकी महिला विमानस्थलमा सुनसहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १२:३४:oo

बैंककबाट आएकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ परेकी छिन्। काठमाडौं महानगरपालिका– १५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैया तामाङ गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।  

उनीसँग विभिन्न सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ ।  १६ वटा रिङ, सुनका साना पाँच टुक्रा, सिक्री, औँठी र बाला एक–एक थानसहित पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।  उनले भने ती सबै आफ्ना गहना भएको बताएकी छिन् । 

थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।