मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २२ मंगलबार १२:२५:oo
Read Time : < 1 मिनेट
समाचार

चन्द्रागिरिमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १२:२५:oo

चन्द्रागिरि नगरपालिका– ९ चुनदेवी चोकमा सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ । बा.४ख १७० नम्बरको गाडी र बा.प्र.०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई सोमबार दुर्घटना हुँदा मोटरसाइकलचालक चन्द्रागिरि नगरपालिका– ९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एकजनाको बिएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।