मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २२ मंगलबार o७:१४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेशको नेतृत्वमा एमालेले सुरु गर्‍यो पार्टी निर्माण विस्तार अभियान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार o७:१४:oo

एमालेले देशैभर एकैपटक वडाकेन्द्रित अभियान सुरु गरेको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा आबद्ध नेता–कार्यकर्तालाई ६ हजार ७४३ वटै वडामा जिम्मेवारी तोकेर टोलस्तरसम्म कमिटी निर्माण र विस्तारका लागि एमालेले अभियान सुरु गरेको हो ।

अभियान अगाडि बढाउन महासचिव शंकर पोखरेलले अघिल्लो हप्ता अन्तरपार्टी निर्देशन नै जारी गरेर गर्नुपर्ने कामबारे निर्देशन दिएका छन् । २३ पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले चैतसम्म तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेशलाई योजना र नेतृत्वको जिम्मेवारी दिएर देशैभर अभियान अघि बढेको जानकारी दिए । ‘अभियान सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी प्रदेश र जिल्लालाई दिइएको छ । प्रदेशले गरेको निर्णयका आधारमा जिल्लाले तालिका बनाएर काम अगाडि बढाउँछ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘प्रदेशको योजनामा प्रदेश सदस्य, जिल्ला र पालिकास्तरका सदस्यहरू टोलसम्म खटिने गरी योजना बनिरहेका छन् र सबै वडामा हजारौँ टोल कमिटी निर्माण र विस्तार हुनेछन्, त्यसअनुसार अहिले सबैतिर अभियान सुरु भएको छ ।’ उनले सबै नेता कार्यकर्तालाई वडा र टोल तोकेर गर्नुपर्ने कामसहित परिभाषित जिम्मेवारी दिइएको बताए ।

एमालेले पार्टीमा कम्तीमा एक लाख क्षमतावान् नयाँ युवालाई भर्ती गरेर पार्टीमा आबद्ध गराउने लक्ष्यसहित पार्टी निर्माण अभियान सञ्चालन अगाडि बढाएको छ । केन्द्रीय कमिटी बैठकले केन्द्रीय संगठन विभागको संगठन विस्तारसम्बन्धी कार्ययोजना पारित गर्दै ६ हजार ७४३ वटा वडामा कम्तीमा एक लाख क्षमतावान् नयाँ युवालाई भर्ती गर्ने लक्ष्य राखेको हो । कम्तीमा एउटा वडामा १५ जना क्षमतावान् युवालाई रोस्टर बनाएरै प्रशिक्षित गरी पार्टीमा आबद्ध गराउने कार्ययोजनामा भनिएको छ । लक्ष्य पूरा भएको अवस्थामा एक लाख एक हजार १४५ नयाँ युवा आबद्ध हुन सक्नेछन् ।

‘प्रत्येक वडामा सम्भावना बोकेका कम्तीमा १५ जना युवाहरूको रोस्टर बनाउने (सूची तयार पार्ने) र नेतृत्व विकासका लागि विशेष प्रशिक्षण आरम्भ गर्ने । विदेश गएका पार्टी समर्थक युवाहरूको विवरणसहितको लगत लिने र पार्टीको केन्द्रीय संगठन विभागमा पठाउने । निर्वाचन बुथकेन्द्रित सुरक्षा–प्रबन्धको अग्रिम तयारी थाल्ने । सम्भाव्य युवाहरूको खोजी गर्ने’ बैठकले पास गरेको युवा नेतृत्व विकासको काम शीर्षकमा भनिएको छ ।

महासचिव पोखरेलले कुल मतदाताको कम्तीमा ६ प्रतिशतलाई पार्टी सदस्यता नवीकरण र विस्तार गर्नुपर्ने भन्दै तीनमहिने अभियानमा दशवटा कामलाई प्राथमिकताका साथ सम्पन्न गर्न अन्तरपार्टी निर्देशन जारी गरेका छन् । ‘सदस्यता नवीकरण र विस्तार (कुल मतदाताको ६ प्रतिशत पु¥याउने । टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तीमा एकतिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने,’ पोखरेलले अपानीमा भनेका छन् ।