Skip This
अछाममा किशोरी हत्या प्रकरण : फुपूको हत्या लुकाउन भदैलाई समेत मारियो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
२o८१ माघ १९ शनिबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा किशोरी हत्या प्रकरण : फुपूको हत्या लुकाउन भदैलाई समेत मारियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार ११:३५:oo

अछाममा मृत भेटिएका दुई किशोरीको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । एक साता लामो अनुसन्धानपछि प्रहरीले स्थानीय दुई किशोरले प्रेम र यौनसम्बन्धको विवादमा हत्या गरेका जनाएको छ । 

जिल्लाको ढकारी– ८ घोडासैनका सरस्वती खड्का र ईशरा खड्का गत शनिबार जंगलमा मृत भेटिएका थिए । उनीहरुको हत्याको आरोपमा प्रहरीले १७ र १५ वर्षका किशोरलाई पक्राउ गरेको छ । शनिबार प्रहरीले पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गर्दैछ । 

पक्राउ परेकाहरु ढकारीकै गुरुकुल माविमा कक्षा १० र ८ मा पढ्ने विद्यार्थी हुन् । मृतक सरस्वतीका ठुलोबुबा तथा ईशराका हजुरबुबा नाता पर्ने अवि खड्काले उनीहरूकै योजना र संलग्नतामा घटना घटाइएको किटानी जाहेरी दिइसकेका छन्।

प्रहरीका अनुसार उनीहरुबिच लामो समयदेखि मोबाइल र सामाजिक सञ्जालमा कुराकानी हुँदै आएको थियो । शुक्रबार भेट्ने योजना बनाएका थिए। त्यही क्रममा एक युवकले सरस्वतीसँग प्रेम सम्बन्धका साथै यौन सम्बन्धका लागि प्रस्ताव गरेका थिए। उनले अस्वीकार गरेपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेका हुन्। 

पछि ईशराले सरस्वतीको शव देखेपछि उनले अरुलाई खबर गर्ने डरले उनको पनि हत्या गरिएको प्रहरीले जनाएको छ । हत्यापछि दुवै जना लडेर मृत्यु भएको देखाउन उनीहरुले जंगलमा ढुंगाहरु गुडाएका थिए। १० वर्षिय प्रत्यक्षदर्शी बालकको समेत सहयोगमा प्रहरीले अनुसन्धान टुंगाएको हो । सरस्वती र ईशरा फुपु–भदै हुन्। 

केन्द्रीय अनुसन्धान ब्यूरोको समेत सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान गरी प्रहरीले एक सातापछि घटनाको अनुसन्धान सकेको हो।