Skip This
पाथीभरामा केबलकार निर्माणको विवाद सुल्झाउन वार्तामा जुट्न एमालेको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
२o८१ माघ १९ शनिबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार

पाथीभरामा केबलकार निर्माणको विवाद सुल्झाउन वार्तामा जुट्न एमालेको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार १८:३७:oo

पाथीभरा मन्दिरमा निर्माण गर्ने भनिएको केबलकारबारे ताप्लेजुङमा जारी आन्दोलन र विवाद वार्तामार्फत समाधान गर्न एमाले ताप्लेजुङले आग्रह गरेको छ। एमाले ताप्लेजुङले शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष र केबलकार निर्माणकर्तालाई वार्तामा बस्न आग्रह गरेको हो। 

जिल्लामा भइरहेको यातायात बन्दले नागरिकको जनजीवनमा समस्या आएको र यो समस्या समाधानका लागि सहमति, वार्ता र छलफलमा जुट्ने वातारण बनाउन बन्दकर्तालाई एमालेले आग्रह गरेको छ। पाथीभरा क्षेत्रमागत १२ माघ भएको घटना तथा केवलकार निर्माण कार्य बन्द गर्नुपर्ने माग राख्दै ‘नो केबलकार समूह’ले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाका बन्द गरेकोले समस्या भएको छ। समझदारी र वार्ताबाट सहमतिमा समस्या समाधान गर्नुपर्ने एमाले ताप्लेजुङको भनाइ छ। 

शनिबार एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष दीपेन्द्र (दीपेन) पोमुद्वारा जारी विज्ञप्तिमा बन्दका कार्यक्रमले नागरिकको जनजीवनमा असहज परिस्थति सिर्जना हुँदै गएको उल्लेख गर्दै दुवै पक्ष जिम्मेवार हुन आग्रह गरेको छ। पाथीभराको विषयलाई नेपाल सरकार र आन्दोलनरत दुवै पक्षले जिम्मेवारी बहान गर्दै सहमति गरी नागरिकलाई सहज बनाउन आग्रह गरेको छ।