मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
२o८१ माघ ६ आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १३:५o:oo

सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्युत गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन् । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिप्पो ग्रान्डीले गत वर्षको डिसेम्बरयता करिब दुई लाख सिरियाली शरणार्थी आफ्नो देश फर्केको पुष्टि गरे ।  

सन् २०२४ डिसेम्बर ८ मा राष्ट्रपति बसर अल असदको सरकार ढलेपछि जनवरी १६ सम्ममा एक लाख ९५ हजार २०० सिरियाली नागरिक स्वदेश फर्किसकेका ग्रान्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तथ्यांकमा उल्लेख छ । 

उनले शरणार्थी व्यवस्थापनका लागि सिरिया र छिमेकी देशहरूको भ्रमण गर्ने योजना पनि घोषणा गरेका छन् । 

शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर), संयुक्त राष्ट्र संघीय शरणार्थी निकायको समर्थनलाई बलियो बनाउन समयसीमा निर्दिष्ट नगरिएको भए पनि क्रमिक रूपमा कार्यतालिका सावजनिक गरिने र शरणार्थीको फिर्ती तथा व्यवस्थापन गरिनेछ।

यसैबिच, युएनएचसिआरका अनुसार सन् २०२४ मा पाँच लाख ५० हजारभन्दा बढी सिरियाली आफ्नो देश फर्केका छन् । फिर्ता भएका शरणार्थीमध्ये सबैभन्दा बढी उत्तरी अलेप्पो प्रान्तका रहेको बताइएको छ । 

धेरै सिरियाली शरणार्थीले स्वदेश फर्कन चासो देखाए पनि युएनएचसिआरले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा मिश्रित भावना रहेको उल्लेख गरिएको छ । उनीहरूमध्ये धेरैले सिरियाभित्र आफ्नो जीवन र घरहरू फर्कन र पुनर्निर्माण गर्न सक्षम हुन वित्तीय तथा बन्दोबस्तीका सामानको सहायताको आवश्यकतामा जोड दिएका छन्। 

प्रत्युत्तरमा युएनएचसिआर र यसका साझेदार संस्थाहरूले शरणार्थीको स्वदेश फिर्तीका लागि अन्तरनिकाय योजना अघि सारेको प्रतिवेदनमा उल्लेख छ । निकायले शरणार्थी र उनीहरूलाई स्वागत गर्ने समुदाय दुवैका लागि दिगो कोष र सुरक्षा कार्यक्रमहरूको महत्त्वलाई पनि जोड दिएको छ।

छुटाउनुभयो की ?