मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २० शनिबार o८:o९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जय ट्रफी क्रिकेट : राष्ट्रिय खेलाडीको वर्चस्व पुलिस र आर्मीमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o८:o९:oo

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जय ट्रफी पुरुष इलिट कप २१ पुसदेखि ३ माघसम्म आयोजना हुँदै छ । गत फेब्रुअरीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा शीर्ष चार टोलीले जय ट्रफीमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल पुलिस क्लब, बागमती, मधेश र त्रिभुवन आर्मीले जय ट्रफीमा भाग लिनेछन् । क्यानले आफ्नो संस्थापक अध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा डे फर्म्याटमा आयोजना गर्न लागेको प्रतियोगितामा अहिलेसम्म दुई सहभागी टोलीले अन्तिम खेलाडी घोषणा गरेका छन् । 

बागमतीले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसक्यो । प्रधानमन्त्री कपको विजेता नेपाल पुलिसले पनि शुक्रबार आरिफ सेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी जय ट्रफी दौरानमै युएईमा हुने इन्टरनेसनल टी–२० लिगमा सहभागी हुनुपर्ने भएकाले पुलिसले आरिफलाई नेतृत्वको जिम्मेवारी दिएको हो । पुलिसले अनुभवी खेलाडीलाई प्राथमिकतामा राखेको छ । त्रिवि क्रिकेट मैदानमा ६ पुसमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी र रासिद खानलाई समावेश गरेको छ । 

अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटमा गतिलो प्रदर्शन गर्न नसकेका ओपनर कुशल भुर्तेलले पनि पुलिसमा स्थान पक्का गरेका छन् । यसैगरी, श्रवण यादव, सुनील दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश कर्ण, अर्जुन साउद र दीपक सेरेला छन् । पुलिसको टोलीमा आरिफसहित कुशल, गुल्सन, करण, ललित, सागर र अर्जुन राष्ट्रिय टोलीका खेलाडी हुन् ।

पुलिसको टोली
आरिफ सेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनील दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सरेला

विनोदले आर्मीको कप्तानी गर्ने
जय ट्रफी सुरु हुन एक दिन मात्र बाँकी छ । शुक्रबारै त्रिभुवन आर्मीले पनि अन्तिम टोलीको घोषणा गरेको छ । आर्मीले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । एनपिएलमा सुदूरपश्चिम रोयल्र्सबाट प्रतिस्पर्धा गरेको विनोदले प्रतियोगिताभरि नै ओपनिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिल्लो समयमा उनी टी–२० फर्म्याटमा निकै फर्ममा छन् । अब विनोदको चुनौती डे क्रिकेटमा हुनेछ । 

पुलिसमा झैँ आर्मीमा पनि राष्ट्रिय टोलीका खेलाडी छन् । सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव र बसिर अहमदलगायतले राष्ट्रिय टिमबाट खेलेका छन् । जय ट्रफीका लागि आर्मीले नरेन, दुर्गेश र आकाशलगायत खेलाडी समावेश गरेको हो । नरेनले २०२४ को प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए । दुर्गेश र आकाशले भने प्रधानमन्त्री कपमा भाग लिएनन् । आकाश लामो समयदेखि आर्मी क्लबमै आबद्ध भए पनि मौका पाउन सकेका थिएनन् । यसपटक आर्मीले उनलाई अवसर प्रदान गरेको छ । दुर्गेशले भने लुम्बिनी प्रदेशबाट खेल्दै आएका छन् । 

आर्मी प्रधानमन्त्री कपको उपविजेता हो ।  प्रतियोगितामा सबै टोलीले एक–अर्कासँग समान एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । जय ट्रफी एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।

त्रिभुवन आर्मी
विनोद भण्डारी (कप्तान), सोमपाल कामी, कुशल मल्ल, विवेककुमार यादव, भीम सार्की, बसिर अहमद, सन्तोष कार्की, इमरान सेख, तृतराज दास, साहब आलम, नरेन साउद, दुर्गेश गुप्ता, आकाश चन्द, पवन पासवान

नेपाल पुलिस
आरिफ सेख (कप्तान), कुशल भुर्तेल, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनील दौल्यान, ललित राजवंशी, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, गुल्सन झा, करण केसी, अर्जन साउद, दीपक सेरेला

बागमती
सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इसान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलक राजभण्डारी 

मधेश प्रदेश
हरिशंकर साह (कप्तान), अभिषेक तिवारी (उपकप्तान), रुपेश सिंह, मायांक यादव, नीरजकुमार यादव, साहिल पटेल, भुलवान साहानी, विशाल पटेल, रञ्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन रैन, हिमांशु दत्त, सैलेन्द्र साह