सन् १९२९ : मदर टेरेसा अल्बानियाबाट भारत पुगिन । टेरेसाले उनले सन् १९५० मा कोलकातामा मिसनरिज अफ च्यारिटीको स्थापना गरेकी थिइन् । उनले स्थापना गरेको च्यारिटीले भारतमा गरिब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको सहयोग गरेको थियो । उनलाई सन् १९७९ मा शान्तितर्फको नोबेल पुरस्कारले सम्मान गरिएको थियो ।
सन् १८८९ : पोल्यान्डमा राउन्ड टेबल वार्ता । पोल्यान्ड सरकार र ट्रेड युनियन सोलिडारिटीबिचको वार्तासँगै पूर्वी युरोपमा कम्युनिजम अन्त्यको सुरुवात ।
सन् १९१२ : जर्मनीका वैज्ञानिक अल्फ्रेड वेग्नरले कन्टिनेन्टल ड्रिपट सिद्धान्त आविष्कार गरेका थिए । उनको सिद्धान्त प्लेट टेक्टोनिकको सिद्धान्तको विकासका लागि महत्वपूर्ण आधारसमेत बनेको थियो ।
सन् १९५२ : एलिजाबेथ द्वितीय संयुक्त अधिराज्यको महारानी घोषित । जर्ज छैटौँको मृत्युसँगै एलिजाबेथ राजगद्दीको उत्तराधिकारी बनेकी थिइन् । महारानीको सेप्टेम्बरमा निधन भएको थियो ।
सन् १९६३ : सबै सोभियत हतियार क्युबाबाट बाहिर रहेको अमेरिकी रिपोर्ट ।
सन् १९६४ : इंग्लिस नहरमुनि एउटा रेल सुरुङ बनाउने विषयमा पेरिस र लन्डनबिच सहमति ।
सन् २०२१ : अमेरिकामा कंग्रेस वैठक चलिरहेका वेला पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू बैठक कक्षमा पसेर हुलदंगा मच्चाएका थिए । राष्ट्रपतिमा निर्वाचित जो बाइडनलाई प्रमाणपत्र दिन बैठक आयोजना भइरहेका वेला निर्वाचनमा व्यापक धाँधली भएको भन्दै ट्रम्पका समर्थकहरूले हुलदंगा गरेका थिए ।