मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
एजेन्सी तिब्बत
२o८१ पौष २३ मंगलबार २२:३८:oo
Read Time : < 1 मिनेट
विश्व

चीनको तिब्बतमा भूकम्प अपडेट : १२६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, तिब्बत
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार २२:३८:oo


चीनको दुर्गम तिब्बत क्षेत्रमा मंगलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ । छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ । 

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ । 

फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेषबिच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्रीभन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो । ‘यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो धेरै घरहरू ढले,’ ३४ वर्षीय साङ्जी डाङ्झीले भनिन् । उनको तिङरीस्थित सुपरमार्केटमा ठूलो क्षति भयो । उनले स्थिति ‘धेरै गम्भीर भएको बताइन् । एम्बुलेन्सहरूले दिनभरि घाइतेहरूलाई अस्पताल पुर्याइरहेका थिए । 

सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसलाई गल्लीहरूमार्फत भागिरहेको देखाइएको छ भने ¥याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।

सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ः०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।

गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् । 

चाइना अर्थक्वेक नेटववक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ ।