सिराहाको लहानसहितका ठाउँमा मंगलबार बिहानदेखि नै घाम नलाग्दा बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै स्थानीय चोक चौराहामा आगो बालेर स्थानीयले जाडो भगाउने जमर्को गरेको देख्न सकिन्थ्यो । घरबाहिर जान नसक्नेहरू आँगनमा बालेको घुर तापेर जाडो छल्ने प्रयास गरिरहेका थिए । मंगलबार बिहान करिब ११ बजेसम्म सामान्य रहेको मौसम एक्कासि बिग्रिएर दिउँसोदेखि चिसो हावा चल्नुका साथै कुहिरो लागेको छ।
चिसो हावा चल्नुका साथै घाम नलागेपछि मंगलबार दिउँसोदेखि चिसो बढेको छ ।