मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
२o८१ पौष १९ शुक्रबार १५:१८:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो बन्दै छ सर्वोच्चको नयाँ भवन [फाेटाेफिचर]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १५:१८:oo

सर्वोच्च अदालतको नयाँ भवन निर्माण ७६ प्रतिशत सम्पन्न भएको छ। बिनापुरी–कालिका–समानान्तरले ०७८ देखि निर्माण सुरु गरेको भवन आगामी वर्षको १८ असोजमा निर्माण सम्पन्न हुनुपर्ने सर्वोच्चको भौतिक प्रशासन शाखाका उपरजिस्ट्रार नीराजन शर्माले जानकारी दिए।

पाँच अर्ब ८९ करोड रुपैयाँ लागतमा निर्माणाधीन भवन निर्माणका लागि एकपटक ६ महिनाको म्याद थप भई ०८२ को असोजका लागि निर्माण सम्पन्न मिति तोकिएको छ।

एक लाख स्क्वायर फिटमा निर्माधाणीन भवन सम्पन्न भएपछि ‘इन्टेरियर’का लागि अर्को ठेक्का आह्वान गरिनेछ। भवन निर्माणको कुल क्षेत्रफल १८ रोपनी हो। दुईतले अन्डरग्राउन्ड पार्किङसमेतको व्यवस्था नयाँ भवनमा छ भने सबैभन्दा माथिको अडिटोरियमसमेत जोड्दा आठ तलाको हुनेछ। 

उपरजिस्ट्रार शर्माका अनुसार २१ न्यायाधीश नै इजलासमा बस्ने गरी बृहत् पूर्ण इजलासको पनि व्यवस्था छ। त्यसबाहेक अन्य १७ इजलास पनि छन्। 

नयाँ भवन निर्माण भएपछि पुरानो मुख्य भवन भने नभत्काउने र ऐतिहासिक भएकाले संग्रहालयका रूपमा राख्ने सर्वोच्चको तयारी छ। हाल लेखाको भवन भने भत्काइँदै छ। एनेक्स भवनको माथिल्लो तलासमेत भत्काउने योजना रहेको शर्माले जानकारी दिए।

नेपाली सेनाको तबेला भएको स्थानमा सर्वोच्चको उक्त भवन बनिरहेको छ।