मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार १४:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दुईदिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १४:५६:oo

दुईदिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा छैटौँ राष्ट्रिय तेक्वान्दो क्योरोगी रेफ्री सेमिनार, पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स तथा चौथाे राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनार, तेस्रो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स २०२५ सम्पन्न भएको हो ।

बागमती प्रदेशस्तरीय तालिम पुस १९ र २० गते चितवनमा सम्पन्न भएको हो । तालिममा १८ वर्ष उमेर पुगेका ब्ल्याकबेल्ट र दोस्रो डानभन्दा माथिका ३० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागीहरूलाई संघका महासचिव राकेशकुमार राईले प्रशिक्षण गराएका थिए ।

उनका अनुसार तालिमले तेक्वान्दोको पछिल्लो नियम र अवस्थाबारे खेलाडीलाई जानकारी हुनेछ । तालिममा संघका सल्लाहाकार मुकुन्द थापा, केन्द्रीय सदस्य राधामान तामाङलगायतको उपस्थिति थियो । संघले यसअघि पुस १२ र १३ गते कोशी प्रदेशस्थित विराटनगरमा तालिम सम्पन्न गरेको थियो भने केही दिनपछि लुम्बिनी प्रदेशमा पनि तालिम सञ्चालन गरिने महासचिव राईले बताए ।