मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
न्युयोर्क
२o८१ पौष ७ आइतबार o९:२१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गाजामा फसे २० लाख मानिस 

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o९:२१:oo

युद्धका कारण गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका छन् । संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले उक्त जानकारी दिएका हुन् ।

युएनआरडब्लुएले हालैका दिनहरूमा गाजामा खराब मौसम अवस्था जारी रहने अपेक्षा गरेको छ । यसका बाबजुद पनि एजेन्सीलाई आश्रय सहायताभन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ । यसैबीच, संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लंघन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको कुरा प्रकाश पारे ।

१४ महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका छन्, जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको र हजारौं घाइते भएका छन् ।

युनिसेफले पनि जाडो सुरु हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ । गाजाका बालबालिकाहरू चिसोको सामना गरिरहेका छन् । धेरैले अझै गर्मीको लुगा लगाएर खाली खुट्टा हिंडिरहेका छन् ।