मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ पौष ४ बिहीबार २२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबिच लामो छलफल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार २२:४५:oo

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच पार्टी एकताबारे छलफल गर्न भेटवार्ता भएको छ । 

 एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर आज बेलुकी भेटवार्ता गरेका हुन् । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको  थियो । 

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।   

 करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको छ । गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।