मलेसियामा जारी एसिसी यू–१९ वुमन्स एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको नेपालले अब श्रीलंकाको सामना गर्ने भएको छ। सेमिफाइनलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने तय भएको हो।
मंगलबार नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो। वर्षा नरोकिएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका हुन्। पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।
प्रतियोगितामा समूह 'ए'बाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन्।
समूह 'बी'बाट श्रीलंका र बंगलादेश सेमिफाइनल पुगेका हुन्।