मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १४ शुक्रबार o६:o५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनका लागि  मौन अवधि सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार o६:o५:oo

आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइँदैन । 

मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मौन अवधि तोकिएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । ‘कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष–विपक्षमा मतदान गर्ने–नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारको प्रचारप्रसार नगर्ने–नगराउने’ अर्यालले जारी गरेको विज्ञप्तिमा छ । 

मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइनेछैन । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । ‘सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर नगर्ने–नगराउने’ आयोगले भनेको छ । 

मौन अवधिमा प्रचारप्रसार गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । स्थानीय तहका ४१ पदमा आगामी आइतबार निर्वाचन हुँदै छ । ४४ पद रिक्त भएकोमा तीन पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् ।