राष्ट्रिय परिचय-पत्रका लागि विवरण भरेर सर्वसाधारणले नलैजाँदा लामो समयदेखि जिल्ला प्रशासन कार्यालय रामेछापमा त्यतिकै थन्किएका छन्।
कार्यालयले १ साउन ०७७ देखि कार्यालयबाट र ०७९ देखि स्थानीय तहसहित घुम्ती टोलीमार्फत बायोमेट्रिक विवरणसहित राष्ट्रिय परिचय-पत्रको लागि विवरण भरेको थियो। जसमा कार्यालय र स्थानीय तहमा कुल एक लाख पाँच सय ९६ जनाले परिचय-पत्रको लागि विवरण भरेका थिए।
विवरण भरेकामध्ये हालसम्म ३५ हजारको परिचय-पत्र बनेर जिल्लामा आइसकेको छ। जिल्लामा आएका परिचय-पत्रमध्ये मंसिर पहिलो सातासम्म जम्मा पाँच हजारले मात्रै बुझेर लगेका छन्।
कार्यालयले परिचय-पत्र बनेर आएकाहरूको मोबाइलमा म्यासेज सन्देश पठाउने गरेको छ। सन्देश पठाउँदा पनि आएका छैनन्। करिब ३० हजार परिचय-पत्र कार्यालयमै थन्किएका छन्।