मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
मस्को
२o८१ मङ्सिर ५ बुधबार o८:५७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पुटिनले गरे आणविक सिद्धान्तमा हस्ताक्षर

Read Time : < 1 मिनेट
मस्को
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार o८:५७:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रुसमाथि गरेको परम्परागत हमलालाई आफ्नो देशमाथिको संयुक्त आक्रमण मानिने घोषणा गरेका छन् । एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै पुटिनले उक्त घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनलाई अमेरिकी–आपूर्ति गरिएका लामो दूरीका क्षेप्यास्त्रहरूले रुसभित्रका लक्ष्यमा आक्रमण गर्न दिने निर्णय गरेको भोलिपल्ट पुटिनको कदम सार्वजनिक भएको हो ।

मंगलबार युक्रेनमा हमला गरेको एक हजारौँ दिनमा पुटिनको उक्त घोषणा आएको हो । रुसले सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमा हमला गर्न सेना पठाएका थिए ।

रुसमा कुनै पनि ठुलो हवाई आक्रमणले आणविक प्रतिक्रियालाई उत्प्रेरित गर्न सक्छ भन्ने सिद्धान्तमा पुटिनले हस्ताक्षर गरेका हुन् । मस्कोले युक्रेनमा सुस्त गतिमा आक्रमण गरिरहेको वेला पुटिनले भित्रभित्रै आणविक हतियार प्रयोगको तयारी गरेको उनको पछिल्लो कदमले देखाउँछ ।