मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
२o८१ मङ्सिर ५ बुधबार १o:२५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लुम्बिनीमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १o:२५:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानीका लागि आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटिस एम्बेसीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँगको छलफलमा प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानीका लागि आह्वान गरेका हुन् ।  

सरकारले लगानीको वातावरण बनाउने भन्दै उनले  ढुक्क भएर प्रदेशका योजनाहरूमा साझेदारी गर्न अनुरोध गरे । उनले प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना सहर बनाउन लगानी चाहिएको उल्लेख गरे ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण, शिवपुर र कालाकाटे सुरुङमार्ग, बुद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरू अघि बढाउन सक्ने गरी लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराइएको छ । शिवपुरदेखि कालाकाटेसम्म सुरुङमार्गको परियोजना सात किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले १८ किलोमिटर बाटो छोटिने भएकाले राजधानीसँग पहुँच सहज हुने देखिएको हो ।

‘यी आयोजना अघि बढे भने प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्छ । घाटा होइन, नाफामा जाने आयोजना हुन्,’ मुख्यमन्त्री आचार्यले भने, प्रदेश सरकार, दातृ निकाय, निजी क्षेत्रको बिचमा सहकार्यमा अघि बढाउन सकिन्छ ।’ प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको जनाएको छ । लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाइ पूर्णता दिन थालेको छ । जसमा दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उद्देश्यसँग जोडेर योजनाको प्राथमिकीकरण गरिएको समेत उनले जानकारी दिए । उनले गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उठाउने गरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतमा राखिएको बताए ।

छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव ईश्वराज पौडेल, प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउतलगायत सहभागी थिए ।