प्रधानमन्त्री केपी ओेलीबारे भ्रमपूर्ण विवरण सार्वजनिक गरेको आरोपमा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो।
उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलाउने प्रहरी तयारी छ। प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गरेका थिए।
प्रसाईं यसअघि साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। आफ्नो चरित्रहत्या हुने गरी अन्तर्वार्तामा बोलेको भन्दै एक महिलाले उनीविरुद्ध उजुरी दिएकी थिइन्।