मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ४ आइतबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ४ आइतबार o७:४१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

असोजमा साढे ५३ हजार नेपाली वैदेशिक रोजगारीमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ४ आइतबार o७:४१:oo

चालू आर्थिक वर्ष ०८१/८२ को असोज महिनामा ५३ हजार पाँच सय २५ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । बडादसैँको रमझममा रम्नुपर्ने महिनामा पनि ५३ हजार पाँच सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएको वदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले देखाएको छ । त्यसमा ३४ हजार एक सय ६९ जना नेपाली नयाँ श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

गत आवको असोजमा ५६ हजार दुई सय ३५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ३८ हजार नौ सय ४२ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।  

समीक्षा महिनामा विभिन्न ९८ मुलुकमा नेपाली कामदार रोजगारीका लागि गएका छन् । सबैभन्दा धेरै युएईमा १७ हजार सात सय २४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् । दोस्रो नम्बरमा साउदी अरबमा असोजमा मात्रै १० हजार चार सय ६८ जना नेपाली कामदार गएका छन् । तेस्रो स्थानमा रहेको कतारमा भने असोज महिनामा नौ हजार सात सय ९८ जना नेपाली गएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, कुवेतमा तीन हजार आठ सय सात, रोमनियामा दुई हजार दुई सय चार, मलेसियामा एक हजार तीन सय १४, जापानमा एक हजार दुई सय ९९, कोरियामा एक हजार तीन, माल्दिभ्समा आठ सय ५८ र क्रोएसियामा सात सय ८३ जना नेपाली कामदार गएका छन् । अन्य मुलुकका तुलनामा धेरै नेपाली कामदार गएका मुलुक यिनै हुन् । 

यसैगरी, बहराइनमा सात सय २६, ओमनमा पाँच सय नौ, साइप्रसमा चार सय ८५, मौरिटिअस  मा तीन सय ८३, माल्टामा दुई सय २७, पोर्चुगलमा एक सय ८७, सर्भियामा एक सय ४६, जोर्डनमा एक सय १८, ब्रुनाई दरुस्सालामा एक सय तीन र लन्डनमा सयजना नेपाली रोजागरीका लागि गएका छन् । अन्य मुलुकमा जाने नेपाली कामदारको संख्या सयभन्दा कम छ ।

तीन महिनामा एक लाख ६२ हजारभन्दा बढी बिदेसिए
चालू आवको पहिलो त्रैमासमा एक लाख ७० हजार पाँच सय ९३ जना नेपाली वदेशिक रोजगारीमा गएका छन्, त्यसमा एक लाख १० हजार ६ सय ५४ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । 

त्रैमासको कुल तथ्यांकका आधारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पाँच प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा एक लाख ६२ हजार ६ सय ९४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा एक लाख १३ हजार तीन सय ९७ जना नेपाली नयाँ श्रम स्वीकृत लिएर गएका थिए । पहिलो त्रैमासमा बिदेसिने कुल कामदारको संख्या बढे पनि नयाँ कामदारको संख्या २.४१ प्रतिशतले घटेको देखिन्छ । गत आवभरमा सात लाख ४१ हजार दुई सय ९७ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । 

चालू आवको पहिलो महिना साउनमा ५९ हजार पाँच सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए, त्यसमा ३६ हजार नौ सय २८ जना नेपाली नयाँ श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ । गत आवको साउन महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले वैदेशिक रोजगारका लागि स्वीकृति लिएका थिए । त्यसमा ३९ जना एक सय ५२ जना नयाँ श्रम स्वीकृति लिएका नेपाली कामदार थिए ।

यसैगरी, भदौ मा ५७ हजार चार सय ९३ जना नेपालीले विभागबाट श्रम स्वीकृत लिएका छन्, त्यसमा ३९ हजार पाँच सय ५७ जना नयाँ श्रम स्वीकृत लिएर गएका थिए । गत आवको भदौमा ५० हजार आठ सय ८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए, त्यसमा ३५ हजार तीन सय तीनजना नेपाली नयाँ श्रम स्वीकृति लिएर गएका थिए ।