मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार १o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १o:oo:oo

झापाको कन्काई नगरपालिका– ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।  

गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।

उनीहरूले बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवैजना भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनुपरेको उनले बताए ।

प्रहरीले चार राउन्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकलचालक अन्जार आलमको घुँडामुनि गोली लागेको छ । उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।