मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ २३ बुधबार १२:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १२:३४:oo

नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृंखलाको आफ्नो पाँचौँ खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन् । नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ।

यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्ने दाउमा रहेको छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व्यहोरेको थियो । नेपालको प्लेइङ- ११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, सीता रानामगर र रचना चौधरी छन् ।