१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024
२o८१ कार्तिक ३ शनिबार १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १८:३o:oo

ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नम्मरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको पौडेलले बताए । बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस