१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १५:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले भिसा पाए, आजै अमेरिका जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १५:o९:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको भिसा  प्रक्रिया पूरा भएको जनाएको छ।

क्यानका अनुसार सन्दीप शुक्रबार राति नै अमेरिका जाने तयारी छ। यसअघि क्यानडामा एकदिवसीय र टी–२० शृंखला खेलपछि सन्दीप नेपाल फर्किएका थिए। अमेरिकाले सन्दीपलाई भिसा एक वर्षपछि दिएको हो। भिसा समस्याकै कारण अमेरिकामा भएको टी–२० विश्वकपका केही खेलसमेत गुमाएका थिए। त्यसपछि उनी अमेरिका नगई वेस्ट इन्डिजमा भएको  खेलमा उपलब्ध भएका हुन्। 

भिसा प्राप्त नभएपछि अमेरिकामा बिहान सम्पन्न पहिलो टी–२० उनले गुमाएका थिए। खेलमा नेपाल १७ रनले विजयी भएको थियो। 

सन्दीपले अमेरिकाको भिसा नपाएपछि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक शृंखला गुमाउने पक्का थियो। अब भने उनी टी–२० र एकदिवसीय दुवै शृंखलामा उपलब्ध हुनेछन्।  दोस्रो टी–२० आइतबार बिहान हुँदै छ।

अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म हुने एकदिवसीय शृंखलामा नेपालले घरेलु टोली अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।