१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १७:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १७:४३:oo

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले एउटा नेताको राजनीति र दुईतिहाइको सरकार जोगाउन आफूलाई बलि चढाउन लागिएको उल्लेख गरेका छन्।

लामिछानेले लेखेका छन्, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाईं  बिचौलियाको सेवा गरेबापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? तपाईं  प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुल्लमखुला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ? तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनुपर्ने ?’

भ्रष्टाचारी समाउन आफूले प्रधानमन्त्रीको अफर लत्याएको उल्लेख गर्दै लामिछानेले त्यही अफर ओलीले बिचौलियालाई साक्षी राखेर लिएको आरोप लगाएका छन्। सरकारले भाटभटेनीको विषय मोड्न यो कार्य गरेको दाबी गर्दै उनले अगाडि लेखेका छन्, ‘यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर, म कहिले भागेर हिँडिनँ र हिँड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभो। वाचास्वरूप तपाईंले मेरो बलि चढाउने सम्झौता त्यसै रात गर्नुभएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो।’

सत्ताधारी दलका नेता–कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् भन्दै लामिछानेले अहिलेको सरकारबाट सहकारीपीडितले न्याय नपाउने बताएका छन्। उनले लेखेका छन्, ‘तपाईंहरूका  दलका नेता–कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नुभएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारीपीडितको आवाजको नेतृत्व हामी गर्छौँ। ठिक छ, म तपाईंहरूको दिनगन्ती सुरु भएको खुसियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु । नयाँ पुस्तालाई एक–एक गर्दै सकाउँदै जाने तिमीहरूको  कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्नेछ। सुरुवात तिमीहरूले गर्‍याै, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन्। अहिलेलाई, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। तर  मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन।’