१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफमा भुटानविरुद्ध नेपाल गोलविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १८:२७:oo

साफ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले दबाब बनाए पनि गोल गर्न सकेन । नेपालले आधा दर्शनभन्दा बढी अवसर चुकायाे। रश्मीकुमारी घिसिङ, सविता रानामगर, प्रीति राई र रेणुका नगरकोटे पाएको अवसरमा गोल गर्न चुके। 

सन् २०१० देखि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले महिला च्याम्पियनसिप आयोजना गर्दै आएकाे छ। नेपालले भुटानको पोस्टमा समग्रमा चार खेल खेलेको छ। त्यसमा २३ गोल भएको छ । भुटानले नेपालविरुद्ध हालसम्म गोल गर्न सकेको छैन।

नेपालले पहिलोपटक भुटानविरुद्ध सन् २०१४ मा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले एकपक्षीय नतिजा निकाली ८–० ले बाजी मारेको थियो । त्यसपछि सन् २०१६ मा पनि नेपालले भुटानमाथि ८–० कै जित निकाल्यो । सन् २०१९ मा विराटनगरमा भएको साफमा नेपाल ३–० ले विजयी भयो । छैटौँ संस्करणमा नेपालले दशरथ रंगशालामा भुटानलाई ४–० ले हरायो । 

भुटानविरुद्ध चार खेल खेलेकी स्ट्राइकर सावित्रा भण्डारीले सर्वाधिक १० गोल गरेकी छिन् । सन् २०१६ मा उनले दोहोरो ह्याट्रिक गरेकी थिइन् । यसैगरी, भुटानको पोस्टमा सजना रानामगर, कप्तान अनु लामा, दीपा अधिकारी र अनिता बस्नेतले समान दुई गोल गरेका छन् । मेनुका गिरी, शर्मिला थापा, कृष्णा खत्री, मञ्जली योञ्जन र पूर्वकप्तान निरू थापाले समान एक गोल गरे । 

भुटानविरुद्ध व्यक्तिगत धेरै गोल गरेकी सावित्राले पहिलो खेल गुमाएकी छिन् । उनी आइतबार मात्र नेपाल आइपुग्छिन् । अहिले सावित्रा फ्रेन्च लिगमा व्यस्त छिन् ।