१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १७:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १७:२८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ। सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सो सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा कर्जा प्रवाह भएको र गोर्खा मिडियाको सञ्चालक हुँदा लामिछानेले सो रकम खर्च गरेको आधारमा उनीमाथि अनुसन्धान हुन लागेको हो।

यसअघि संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाबाट भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न सिफारिस गरेको थियो।

पक्राउ पुर्जी जारी भएलगत्तै लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ। रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।