१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार o८:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेस्टमा भारतको तेस्रो कम योगफल

भारतलाई ४६ रनमा अलआउट गरेको न्युजिल्यान्डले लियोे पहिलो इनिङ्समा १३४ रनको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o८:१९:oo

भारतले टेस्ट फर्म्याटमा तेस्रो कम योगफल खडा गरेको छ । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार भारत पहिलो इनिङ्समा ४६ रनमा समेटिएको हो । प्रत्युत्तरमा न्युजिल्यान्डले दिनको खेल समाप्तिसम्म पहिलो इनिङ्समा १३४ रनको अग्रता लिएको छ । न्युजिल्यान्डले तीन विकेटको क्षतिमा १८० रन बनाएको छ । 

न्युजिल्यान्डका लागि डेभोन कोन्भेले सर्वाधिक ९१ रनको योगदान दिए । उनले १०५ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ओपनर टोम लाथम १५ तथा विल योङले ३३ रन जोडे । क्रिजमा रचिन रविन्द्रा २२ तथा डायल मिचेल १४ रनमा नटआउट रहेका छन् । भारतका लागि कुलदीप यादव, रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले समान एक विकेट लिए । टेस्ट खेलमा भारतको कम योगफल अस्ट्रेलियाविरुद्ध हो । सन् २०२० मा एडिलेड मैदानमा भारतले पहिलो इनिङ्समा ३६ रन मात्र बनाएको थियो । यसअघि सन् १९७४ मा लड्स मैदानमा भारतले इंग्ल्यान्डसँगको प्रतिस्पर्धामा ४२ रन जोडेको थियो । 

पाँच खेलाडी शून्यमा आउट
न्युजिल्यान्डविरुद्ध फितलो ब्याटिङ प्रदर्शन गरेको भारतका पाँच खेलाडीले रन नै बनाउन सकेनन् । अनुभवी ब्याट्सम्यान विराट कोहलीले नौ बल सामना गरेका थिए । उनी हेन्रीको ओभरमा शून्यमा क्याच आउट भए । सफराज खान, लोकेश राहुल, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले रनको खाता नै खोल्न सकेनन् । आश्विन आउट हुँदा भारत २३.६ ओभरमा ३४–७ को दयनीय अवस्थामा थियो । 

टेस्ट खेलमा भारतले एक इनिङ्समा पाँच खेलाडी शून्यमा गुमाएको यो छैटौँ अवसर हो । सन् १९४८ मा अस्ट्रेलियाविरुद्धको तेस्रो इनिङ्समा भारतका पहिलोपटक पाँच खेलाडीले रन नै बनाउन सकेनन् । सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङ्समा भारतका ६ खेलाडी डक आउट भएका थिए । 

घरमै कमजोर भारत
घरेलु मैदानमा भारत पहिलोपटक कम योगफलमा अलआउट भएको छ । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बनाएको योगफल अहिलेसम्मकै कम हो । सन् १९८७ मा भारत वेस्ट इन्डिजसँग पहिलो इनिङ्समा ७५ रनमा समेटिएको थियो ।  न्युजिल्यान्डविरुद्धको खेलमा भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक २० रन जोडे । उनले ४९ बलमा दुई चौका प्रहार गरे थिए । यशस्वी जैसवालले ६३ बलमा १३ रन बनाए । भारतले चार अतिरिक्त रन पाएको थियो । कप्तान रोहित शर्माले १६ बलमा दुई रन मात्र बनाए ।