१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लद्दाख यात्रामा निस्कियो बजाज डोमिनारको टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार ११:१९:oo

बजाज डोमिनार चार सय राइडरको नौ सदस्यीयको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । टोली ५,८८३ मिटर उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । द ग्रेट हिमालयन ओडिसी नाम दिइएको मोटरसाइकल यात्राले ६ हजार किमिभन्दा बढीको दूरी तय गर्नेछ । 

बजाज डोमिनार नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुंगा साबित हुनुको साथै मोटरसाइकल राइडर र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ । 

‘बजाज डोमिनार राइडरले यो ठुलो चुनौतीको सामना गरेको देखेर हामी खुसी भएका छौँ,’ बजाज मोटरसाइकलका मार्केटिङ हेड अमितराज चालिसेले उत्साह व्यक्त गर्दै भने, ‘विश्वको अग्लो मोटरेबल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारको साहस र आत्मबलको प्रशंसा गर्नैपर्छ ।’

यस अभियानको नेतृत्व टोलीका कप्तान मनीष देवकोटाले गरेका छन् । उनले भने, ‘उम्लिङ ला पुग्न धेरै राइडरहरूका लागि सपना थियो र यो हाम्रो सपना साकार हुँदै छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो ।’

यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ संकल्पको शक्तिशाली प्रदर्शन हो । यो हिमालयको चुनौतीपूर्ण भूभाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक पुग्न सकिने स्थानसम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी कार्य हुने कम्पनीको दाबी छ ।