१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानीमन्त्रीको छड्के अनुगमन, विनासूचना १३ कर्मचारी अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १७:o४:oo

खानेपानीमन्त्री प्रदीप यादवले बुधबार मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन्।

नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दासमेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नहुने गरेको गुनासो आउन थालेपछि मन्त्री यादवले छड्के अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईजना गरी १३ कर्मचारी जानकारीविना गैरहाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए।

मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालयमा तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीहरूलाई काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारी लिएका थिए। काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउनसमेत उनले कर्मचारीहरूलाई आग्रह गरेका थिए।