१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज ३० बुधबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवाहको प्रलोभनमा भारत लगेर बेचेको आरोपमा २४ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १६:५३:oo

विवाहको प्रभोलन देखाएर एक महिलालाई भारत लगेर बिक्री गरेको अभियोगमा एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन्। सुर्खेत चौकुने गाउँपालिका– ७ का ६१ वर्षीय भक्तबहादुर विष्ट २४ वर्षपछि पक्राउ परेका हुन्।

०५७ असोज १ गते एक महिलालाई विवाहको प्रलोभन दिई भारतको गोरखपुर लगेर भारतीय नागरिकलाई १५ हजार रुपैयाँमा बिक्री गरेका उनलाई यही असोज २९ गते चौकुने गाउँपालिका– ६ बाट जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाई प्रहरी कार्यालय गुटुको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। 

सुर्खेत जिल्ला साबिक गुटु गाविस– ८ घर भएकी २१ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा विष्टविरुद्ध ०५८ मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता भएको प्रवक्ता विश्वकर्माले बताए।

पक्राउ परेका विष्टमाथि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।